नेपाल जस्तो विकासोन्मुख देशमा कृषि क्षेत्रको विकास नगरी देशको हुन सक्तैन । खास गरी कृषकहरुलाई समुहमा आवद्ध गराई व्यवसायीक पशुपालनबाट दुध, फुल, मासु र उनको उत्पादनमा आमुल परिवर्तन गरी कृषकको आय स्तरमा वृद्धि गर्नुको साथै गरिवी निवारण गर्नु र पशु सेवा कार्यक्रमलाई जिल्लाभरी व्यापक बनाई राष्ट्रिय आयमा बृद्धि गराई कृषक तथा पशु विकाससंग सम्बन्धित उद्यमीहरुको दैनिक जीवनशैलीमा सुधार ल्याउनु कार्यालयको प्रमुख उद्धेश्य रहेको छ ।

